बागलुङ नगरपालिका र कृषि ज्ञान केन्द्रको कार्यालयबीच विवाद, समाधान गर्न प्रदेश सभामा माग
पाेखरा | माघ २०, २०७९
पोखराः गण्डकी प्रदेशका सांसद गोविन्द बहादुर नेपालीले बागलुङको बागलुङ नगरपालिका र कृषि ज्ञान केन्द्रबीच कार्यालयमा भएको द्धन्द समाधान गर्न माग गर्नुभएको छ ।
गण्डकी प्रदेशको पहिलो अभिवेशनको विशेष समयमा बोल्दै सांसद नेपालीले नगर र कृषि ज्ञान केन्द्रको अभिभाकत्व ग्रहण गर्दै विवाद समाधान प्रदेश सभामा माग गरेका हुन् ।
‘बागलुङ नगरपालिकाले कृषि ज्ञान केन्द्र नभएको अवस्थामा त्यहाँबाट सेवा प्रवाह गर्दै आएको थियो, नेपाली भने, ‘कृषि ज्ञान केन्द्रको सामित्वमा भएको भवनबाट अहिले नगरपालिका र कृषि ज्ञान केन्द्रले सेवा प्रवाह गर्दै आएका छन्, दुवै कार्यालयबीच विवाद बढ्दो छ, समाधान गरौं ।’
उनले दुवै कार्यालयबीच विवाद बढ्दै गएकाले द्धन्द चर्किन नदिन प्रदेश सरकारले दुवैको अभिभाकत्व ग्रहण गर्दै विवाद समाधान गर्न माग गरेका छन् ।
सांसद गोविन्द बहादुर नेपाली गण्डकी प्रदेशका समानुपातिक सांसद हुन् ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

